नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था ले ‘राष्ट्रिय उत्कृष्ट बार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार मा प्रदान गर्ने विभिन्न विधाहरु मध्ये पावर इनर्जी क्षेत्रतर्फ बुटवल पावर कम्पनी लिमिटेड गोल्ड अवार्ड बाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था आइक्यानले आर्थिक बर्ष २०७८/७९ (२०२१/२२) मा कम्पनीले प्रकाशित गरेको बार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरिएको हो ।
काठमाण्डौमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका अर्थमन्त्री डा प्रकाश शरण महत र आइक्यानका अध्यक्ष श्री भाष्कर सिँह लालाले संयुक्त रुपमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री उत्तर कुमार श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरिएको हो । यस अवार्डले कम्पनीलाई आगामी दिनहरुमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको छ । कम्पनीको परिष्कृत बार्षिक प्रतिबेदनले साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट्स् (साफा) ले दक्षिण एसियालीस्तरमा आयोजना गर्ने उत्कृष्ट बार्षिक प्रतिबेदन अवार्डका लागि समेत प्रतिस्पर्धा गर्ने छ ।
कम्पनीले हाल ९.४ मेगावाट तथा १२ मेगावाट क्षमताका २ वटा जलविद्युत केन्द्रहरुबाट विद्युत उत्पादन गरी स्याङ्जा, पाल्पा, प्युठान तथा अर्घाखाँची जिल्लाका करीव ६२००० ग्राहकहरुलाई विद्युत वितरण गरी आएको छ । हाल संचालनमा रहेको ६० मेगावाटको खिम्ती प्रथम, ३० मेगावाटको न्यादी तथा ४ मेगावाटको खुदी जलविद्युत आयोजनाहरुमा पनि कम्पनीको लगानी रहेको छ भने पूर्ब निर्माणको चरणमा रहेका मस्र्याङ्डी बेसिन स्थित करीव ६०० मेगावाटको तीनवटा जलविद्युत आयोजनाहरुमा समेत लगानी रहेको छ ।
TRENDING :