
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेका छन् । दोलखाका अजय गोलेले संसद् भवनको शौचालयमा गएर आफैँलाई गोली हानेको प्रहरीले बताएको छ ।
गोलेले बुधबार बिहान करिब ८ बजेको समयमा संसद् भवनको पश्चिम पट्टिको २ नम्बर गेटको बाँयापटी रहेको शौचालयमा गएको बेला आफूले बोकेको ईन्सास राईफलद्वारा निधारमा फायर गरेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
उनी प्रहरी विशेष कार्यदलबाट संसद् भवनको सुरक्षार्थ खटिएका थिए । प्रारम्भिक अनुसन्धानमा उनी पारिवारिक समस्या रहेको पाइएको प्रहरीको भनाई छ ।