हिमालयन रिइन्स्योरेन्स कम्पनीले आव २०८०/८१ का लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको ४.५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।

समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९३३.६९ रुपैयाँ कायम भएको छ । आइतबारको कारोबारबाट यहि मूल्यका आधारमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । समायोजअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९७५.७१ रुपैयाँ कायम थियो ।कम्पनीले आव २०८०/८१ का लागि ४.५० प्रतिशत बोनश र ०.२४ प्रतिशत नगद लाभांश(कर प्रयोजनको लागि) गरी कुल ४.७४ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीले लाभांश पारितको मुख्य अजेण्डासहित जेठ २५ गते चौथो साधारण सभा आयोजना गर्दैछ । उक्त सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई लाभांश वितरण गरिनेछ ।

 

तपाईको प्रतिक्रिया