आईसीएफसी फाइनान्स लिमिटेडले आगामी मंसिर २९ गते आफ्नो २१औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौँ–बौद्धस्थित बौद्ध हेरिटेज मा बिहान १०:०० बजेदेखि साधारण सभा गर्ने निर्णय गरेको हो।
सभाले गत आर्थिक वर्षका लागि सञ्चालक समितिद्वारा प्रस्तावित १५.७८९५ प्रतिशत लाभांश सम्बन्धी प्रस्तावलाई पारित गर्नेछ। साथै, अध्यक्षा द्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन साथै लेखा परीक्षकको प्रतिवेदन सहितका वित्तीय विवरण—वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचिहरू—माथि छलफल गरी अनुमोदन गरिनेछ।
त्यस्तै, चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखा परीक्षण गर्न लेखा परीक्षक नियुक्त गर्ने तथा उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, मंसिर १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र सभामा उपस्थिति जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

Online Arthik









