आन्तरिक राजस्व विभागले ठूला करदाताको पूर्ण कर परीक्षण (Full Audit) कार्य अहिले पनि निरन्तर रूपमा जारी रहेको स्पष्ट गरेको छ। विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ का लागि ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय तथा आन्तरिक राजस्व कार्यालयहरूलाई समेटेर वार्षिक कार्यगत लक्ष्यअनुसार पूर्ण कर परीक्षण काम अघि बढाइएको छ।

विभागले स्पष्ट गरेअनुसार, बैंक तथा वित्तीय संस्था, बहुराष्ट्रिय कम्पनीहरू, आयकर ऐन, २०५८ को दफा १०१(३) तथा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २०(४) बमोजिम चार वर्षपछि परीक्षण म्याद समाप्त हुने फाइलहरू, साथै आयकर ऐन, २०५८ को दफा ८३ अनुसार सूचना दिई कागजात प्राप्त भएका फाइलहरूमा पूर्ण कर परीक्षण नियमित रूपमा भइरहेको छ।

अन्य करदाताको हकमा भने राजस्व जोखिमको आधारमा मात्र कर परीक्षण हुने विभागले जनाएको छ। यसअघि अर्थमन्त्री रामेश्वर खनालले पनि आवश्यकता देखिएको अवस्थामा मात्र Full Audit हुने बताएका थिए।

तर पछिल्ला दिनमा विभागले विगतझैँ फुल अडिट अगाडि बढाएको भन्दै केही पक्षबाट गुनासो आएपछि विभागले स्पष्ट पार्दै भनेको छ कि यो प्रक्रिया नियमित र कानुनअनुसारको वार्षिक कार्य हो।

तपाईको प्रतिक्रिया