रिलायन्स फाइनान्स लिमिटेडले १६ औँ वर्षमा प्रवेश गरेको छ। २०६६ मंसिर १० गते नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको वित्तीय कारोबार इजाजत प्राप्त गरी २०६६ मंसिर १८ बाट सञ्चालनमा आएको कम्पनीले काठमाण्डौ महानगरपालिका–१ कमलादीमा केन्द्रीय कार्यालयसहित आफ्नै भवनमा मुख्य शाखा राख्दै कारोबार सुरु गरेको थियो। कम्पनीले हालसम्म केन्द्रीय कार्यालयसहित काठमाण्डौ, ललितपुर, चितवन, पोखरा, लमजुङ्ग, काभ्रेपलाञ्चोक, धादिङ, झापा, गोरखा, रुपन्देही, कैलाली, कन्चनपुर, बाँके, चितवन लगायत २२ वटा शाखा कार्यालय खोली सेवा प्रदान गर्दै आएको छ।

संस्थाको १६ औँ बार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालाजु काठमाण्डौमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। त्यस्तै, काभ्रेपलाञ्चोक जिल्ला, बनेपा–६ गोसाइँस्थानस्थित नैमिषारण्य संस्कृत गुरुकुलका विद्यार्थीलाई स्टेशनरी तथा मसलन्द सामान वितरण गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग पुर्‍याउने काम गरेको छ।

कम्पनीले ‘वित्तीय सेवाको अर्को परिभाषा’ भन्ने नाराका साथ ग्राहकलाई सहज तथा सर्वसुलभ तरिकाले विभिन्न प्रकारका कर्जा तथा निक्षेप योजना प्रदान गर्दै आकर्षक व्याजदरमा निक्षेप संकलन गर्दै आएको छ। यसबाहेक, कम्पनीले E Banking, SCT Network ATM, Remittance, C-ASBA, IPS, Connect IPS, ABBS, Electronic Cheque Clearing (ECC), SMS Banking, Mobile Banking, SCT MoCo (Sajilo Payments, Sajilo Life Apps) जस्ता डिजिटल र आधुनिक सेवा प्रदान गर्दै ग्राहक सुविधा सुनिश्चित गर्दै आएको छ।

तपाईको प्रतिक्रिया