रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आगामी मंसिर २२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सार्वजनिक रुपमा जारी गर्न लागिएको ११,५५,९६० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १,१५,५९६ कित्ता सेयर वैदेशिक क्षेत्रमा कार्यरत नेपालीहरूमात्रका लागि छुट्याइएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन अवधि छिटोमा मंसिर २५ गते र ढिलोमा पुस ७ गते सम्म रहनेछ।
लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट स्वीकृत आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर अनलाइन प्लेटफर्म मार्फत सहजै आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ।
यस सार्वजनिक निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटलले वहन गरेको छ।

Online Arthik









