नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडद्धारा यही मिति २०८२ साल मसिंर १९ र २० गते सामाखुसी फुटसलमा आयोजना गरिएको फुटसल प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ । सो प्रतियोगितामा नेपाल बीमा प्राधिकरण लगायत सम्पुर्ण, जीवन, निर्जिवन लघु, पुनर्बीमा कम्पनीहरु तथा सर्भेयरहरु सहित २५ संस्थाहरुबाट २८ टिमको सहभागिता रहेको थियो ।उक्त प्रतिगितामा प्रथम हुने नेको इन्स्योरेन्स लिमिटेड, द्धितिय हुने नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र तेस्रो हुने हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेडका खेलाडीहरुलाई कम्पनीका संचालक समितिका अध्यक्ष चन्द्र सिंह साउद र प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले प्रमाण पत्र, पदक तथा शिल्ड प्रदान गर्नु भएको थियो । उक्त प्रतियोगितामा Best Goal Keeper नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका रोमन सिंह, Best Defender हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेडका सुनिल थापा, Highest Scorer हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेडका दिनेश कुमार सिंह र Best Player
of the Tournament नेको इन्स्योरेन्स लिमिटेडका युकेश तामाङ्ग लाई ट्रफि प्रदान गरिएको थियो । साथै अनुशासित, मर्यादित र निष्पक्ष खेल खेलाए वापत रेफ्रिहरु र उक्त प्रतियोगिताका लागि न्चयगलम उपलब्ध गराउनु हुने सामाखुशि फुटसलका राजु महर्जनलाई कम्पनीका संचालक समितिका अध्यक्ष चन्द्र सिंह साउदले मायाको चिनो प्रदान गर्नु भएको थियो । उक्त प्रतियोगिता कम्पनीको फेसबुक पेज https://www.facebook.com/nepalinsurance.nic बाट प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।

Online Arthik









