शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ। पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैठकले हाल कायम चुक्तापूँजीको ६ प्रतिशत बोनस सेयर र ०.३१५८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।

Online Arthik









