नेपाल बैंक लिमिटेडका सेयरधनीहरूले यस वर्ष पनि लाभांश नपाउने भएका छन् । बैंकले गत आर्थिक वर्षका लागि लाभांश नदिने निर्णय गरेसँगै सेयरधनीहरूको हात खाली हुने भएको हो ।

पुस ३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई लाभांश वितरणको प्रस्ताव नगर्ने निर्णय गरेको हो । बैंकले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरी आगामी वार्षिक साधारण सभामा पेश गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पठाउने निर्णय समेत गरेको छ । सोही सूचनामा लाभांश वितरणको प्रस्ताव नगर्ने स्पष्ट उल्लेख गरिएको छ ।

यसअघि बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि पनि सेयरधनीलाई कुनै लाभांश वितरण गरेको थिएन ।

तपाईको प्रतिक्रिया