खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडले १३औं वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा पुस ३० गते काठमाडौँको धुम्बाराहीस्थित धुम्रबराह भेन्युमा बिहान ११ बजेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो।
कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीलाई कुनै पनि लाभांश प्रस्ताव नगरेको हुँदा यस पटकको साधारण सभामा लाभांशसम्बन्धी एजेन्डा समावेश गरिएको छैन।
सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू स्वीकृत गर्ने प्रस्ताव रहेको छ। यसका अतिरिक्त, लेखापरीक्षण समितिको सिफारिसअनुसार आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र सञ्चालक समितिको हेरफेर तथा अनुमोदन गर्ने प्रस्तावहरू पनि सभामा पेश हुनेछन्।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २१ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। यसअनुसार पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

Online Arthik









