माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड ले असार ३ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि सेयर बाँडफाँट गरिसकेपछि बाँकी रहेको सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

कम्पनीले ८६ करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशत अर्थात् २५ लाख ८० हजार कित्ता सेयर निष्काशन गरेको छ। यसमध्ये विभिन्न समूहमा बाँडफाँट भइसकेपछि अब १४ लाख २७ हजार ६०० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो। लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

आईपीओमा आवेदन दिने अवधि छिटोमा असार ८ गतेसम्म रहनेछ भने पूर्ण आवेदन नपरेको अवस्थामा असार १७ गतेसम्म लम्ब्याइनेछ। निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन्।

तपाईको प्रतिक्रिया