राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। बोर्डका अनुसार नियमिततर्फको उत्तीर्ण दर ६९.७५ प्रतिशत रहेको छ भने यस वर्ष कुल ४ लाख १८ हजार १७० विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये ३ लाख ३२ हजार २४१ जना नियमित र ८५ हजार ९२९ जना आंशिक (ग्रेडवृद्धि/आंशिक) परीक्षार्थी रहेका थिए। परीक्षा गत जेठ १४ देखि २७ गतेसम्म सञ्चालन गरिएको थियो र सरकारले दिएको ४५ दिनभित्र नतिजा सार्वजनिक गर्ने निर्देशनभन्दा अगावै नतिजा प्रकाशित गरिएको बोर्डले जनाएको छ। नतिजा बोर्डको आधिकारिक वेबसाइट तथा एसएमएस सेवामार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।

Online Arthik










