स्थानीय बजारमा आइतबार सुन तथा चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, १० ग्राम सुनको मूल्य २ लाख ४६ हजार ३१५ रुपैयाँ निर्धारण गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य परिवर्तनको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूले बताएका छन्।सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी प्रतितोला ५० रुपैयाँले महँगिएर ४ हजार ६९० रुपैयाँ पुगेको छ।
हाल विश्व बजारमा बहुमूल्य धातुको मूल्यमा भइरहेको उतारचढावका कारण नेपाली बजारमा पनि सुन–चाँदीको भाउ दैनिक रूपमा परिवर्तन भइरहेको छ। बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय आर्थिक गतिविधि, अमेरिकी डलरको अवस्था तथा लगानीकर्ताको सुरक्षित लगानीतर्फको आकर्षणले सुनको मूल्य निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने गरेको छ।

Online Arthik










