अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले १ः१ अर्थात् १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले हकप्रद सेयर निष्कासन तथा बिक्री व्यवस्थापनका लागि एनआईएमबी एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो।
कम्पनीको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले एनआईएमबी एस क्यापिटललाई हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गर्ने निर्णय गरेको जनाएको छ। कम्पनीका प्रबन्ध सञ्चालक वीरबहादुर घलेका अनुसार २०८२ असोज ९ गते सम्पन्न नवौं वार्षिक साधारण सभाले हाल कायम रहेको २२ करोड रुपैयाँ चुक्ता पुँजीको १ः१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गरिसकेको छ।
आवश्यक नियामकीय निकायबाट स्वीकृति प्राप्त भएपछि कम्पनीले हकप्रद सेयर निष्कासन प्रक्रिया अगाडि बढाउने जनाएको छ। हकप्रद सेयर जारीपछि कम्पनीको चुक्ता पुँजी दोब्बर भई ४४ करोड रुपैयाँ पुग्नेछ।

Online Arthik










