अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताका क्रममा सत्य बोल्न सबै आवेदकलाई आग्रह गर्दै झुटो जानकारी दिए भविष्यमा अमेरिका प्रवेश वा भिसा प्राप्तिमा स्थायी प्रतिबन्ध लाग्न सक्ने चेतावनी दिएको छ।

दूतावासका अनुसार कन्सुलर अधिकारीहरूसँग आवेदकको विगतको अध्यागमनसम्बन्धी गतिविधि तथा नियम उल्लङ्घनको विवरण रहने भएकाले गलत जानकारी लुकाउने वा झुटो बोल्ने प्रयास नगर्न अनुरोध गरिएको छ। त्यस्तै, दूतावासबाहिर आफूलाई दूतावाससँग चिनजान भएको भन्दै भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने दाबी गर्ने व्यक्तिहरू ठगीमा संलग्न हुन सक्ने भएकाले त्यस्ता व्यक्तिबाट सचेत रहन पनि दूतावासले आग्रह गरेको छ।

भिसा अन्तर्वार्ताको समय लिन वा परिवर्तन गर्नुपर्ने भए अमेरिकी दूतावासको आधिकारिक वेबसाइटमार्फत मात्र प्रक्रिया पूरा गर्नुपर्ने दूतावासले स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया