मल्टिपर्पस फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीले बोनस सेयर र नगद लाभांश दुवै नदिने प्रस्ताव अघि बढाउने भएको हो।
साउन २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणका आधारमा लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार उक्त प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गरिनेछ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभामा सेयरधनीसमक्ष अनुमोदनका लागि प्रस्ताव पेश गरिनेछ।

Online Arthik










