रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडद्वारा प्रवर्द्धित तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडद्वारा योजना व्यवस्थापन एवं डिपोजिटरी सेवा प्रदान गरिएको ‘रिलायबल सामूहिक लगानीकोष’ अन्तर्गत सञ्चालित ‘रिलायबल समृद्धि योजना–२’ का इकाइहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २०८३ साल साउन २२ गते सफलतापूर्वक सूचीकृत भएका छन्।

नेपाल धितोपत्र बोर्डबाट २०८३ साल वैशाख ३ गते सार्वजनिक निष्कासनको स्वीकृति प्राप्त गरेको उक्त योजनाको इकाइहरूको अन्तिम बाँडफाँट २०८३ साल असार ४ गते सम्पन्न भएको थियो। यस बन्दमुखी सामूहिक लगानी कोषमा १२ करोड ५० लाख इकाइ रहेका छन्। प्रति इकाइ १० रुपैयाँ अंकित मूल्य रहेको योजनाको कुल कोष आकार १ अर्ब २५ करोड रुपैयाँ रहेको छ भने योजनाको अवधि १० वर्ष निर्धारण गरिएको छ।नेप्सेमा सूचीकृत भएसँगै रिलायबल समृद्धि योजना–२ का इकाइहरूको दोस्रो बजार कारोबार २०८३ साल साउन २५ गतेदेखि सुरु हुनेछ। यसले इकाइधनीलाई आवश्यकताअनुसार दोस्रो बजारमार्फत आफ्नो लगानी कारोबार गर्ने अवसर प्रदान गर्नेछ।रिलायबल समृद्धि योजना–२ ले व्यावसायिक कोष व्यवस्थापन, विवेकपूर्ण लगानी रणनीति तथा प्रभावकारी जोखिम व्यवस्थापनमार्फत लगानीकर्तालाई दीर्घकालीन पुँजी वृद्धि र सन्तुलित प्रतिफल प्रदान गर्ने लक्ष्य लिएको छ।

रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले आगामी दिनमा पनि पारदर्शी, उत्तरदायी तथा व्यावसायिक कोष व्यवस्थापनमार्फत लगानीकर्ताको विश्वास अभिवृद्धि गर्दै नेपाली पुँजी बजारको विकासमा सक्रिय योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया