सालपा विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ७६ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको यो नाफा अघिल्लो आर्थिक वर्षको ५२ लाख ८० हजार रुपैयाँको तुलनामा ४४.४१ प्रतिशतले बढी हो।

खुद ब्याज आम्दानीमा सामान्य गिरावट आए पनि कमिसन आम्दानीमा भएको सुधारसँगै बैंकको नाफा बढेको हो। गत आर्थिक वर्षमा बैंकको कमिसन आम्दानी ३६.५६ प्रतिशतले बढेर १ करोड ८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ७९ लाख रुपैयाँ रहेको थियो। त्यस्तै, बैंकको ब्याज आम्दानी १४.३८ प्रतिशतले घटेर ६ करोड ३४ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले ७ करोड ४० लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो।बैंकको खराब कर्जा अनुपात (एनपीएल)मा भने उल्लेख्य सुधार देखिएको छ। अघिल्लो आर्थिक वर्ष २.८० प्रतिशत रहेको एनपीएल गत आर्थिक वर्ष घटेर ०.७९ प्रतिशतमा झरेको छ।समीक्षा अवधिमा बैंकको पूँजीकोष अनुपात ३२.५६ प्रतिशत, रिटर्न अन इक्विटी (आरओई) १.४१ प्रतिशत, कस्ट अफ फन्ड ४.५६ प्रतिशत, सीडी रेसियो ६३.३१ प्रतिशत, बेस रेट ९.९० प्रतिशत र स्प्रेड दर ४.५८ प्रतिशत रहेको छ।बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ। अघिल्लो आर्थिक वर्ष १.५१ रुपैयाँ रहेको ईपीएस गत आर्थिक वर्ष घटेर १.४६ रुपैयाँमा सीमित भएको छ। बैंकको प्रतिसेयर नेटवर्थ १०३.५२ रुपैयाँ र तरलता अनुपात ५१.३३ प्रतिशत रहेको छ।

नाफा बढे पनि बैंकको वितरणयोग्य मुनाफा भने ऋणात्मक रहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको वितरणयोग्य मुनाफा १ करोड ५ लाख ६१ हजार रुपैयाँ ऋणात्मक रहेको छ। यससँगै बैंकको लाभांश क्षमता पनि २.०२ प्रतिशत ऋणात्मक रहेको छ।

तपाईको प्रतिक्रिया