स्थानीय बजारमा सुनको मूल्य आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ। गत शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ६१ हजार ६६० रुपैयाँ कायम भएको छ, जुन शुक्रबारको २ लाख ५८ हजार ५७५ रुपैयाँको तुलनामा ३ हजार ८५ रुपैयाँ बढी हो। यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ७१० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेको हो।

Online Arthik








