अविरल वर्षा र पहिरोका कारण अवरुद्ध काठमाडौं जोड्ने प्रमुख राजमार्ग तथा सडकहरू पुनः सञ्चालनमा आएका छन्। मंगलबार बिहान ९ बजेसम्म बीपी, पृथ्वी, कान्ति, त्रिभुवन, अरनिको राजमार्ग तथा बल्खु–कुलेखानी–भीमफेदी–हेटौंडा सडक सञ्चालनमा आएका हुन्।

अधिकांश सडकमा दुईतर्फी यातायात सञ्चालन भए पनि पहिरो, सडक कटान र मर्मत भइरहेका केही खण्डमा एकतर्फी सवारी चलिरहेका छन्। धादिङको कृष्णभीर सडकखण्डमा पनि दुवैतर्फी यातायात सुचारु भएको छ। प्रमुख सडक सञ्चालनमा आएसँगै काठमाडौं प्रवेश तथा बाहिरिने यात्रुको आवागमन सहज बने पनि जोखिमयुक्त क्षेत्रमा भने सावधानी अपनाउन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया