मुक्तिनाथ म्युचुअल फण्ड–१ ले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट इकाइधनीलाई २० प्रतिशत नगद लाभांश (करसहित) वितरण गरेको छ। मुक्तिनाथ क्यापिटलका अनुसार असोज २ गतेदेखि लाभांश सम्बन्धित इकाइधनीको बैंक खातामा जम्मा गर्न सुरु गरिएको हो।
बैंक खाता अद्यावधिक नगरेका इकाइधनीले हितग्राही खातामा बैंक विवरण अद्यावधिक गर्नुपर्नेछ। यस्तै, धितो राखिएका इकाइको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको ‘नो अब्जेक्सन लेटर’ वा रिलिज लेटर पेस गरेपछि मात्र लाभांश खातामा जम्मा गरिने क्यापिटलले जनाएको छ।

Online Arthik










