सन् २०२५ लाई भव्य रूपमा बिदा गर्दै गर्दा हायात प्लेस बुटवलले सञ्चालनको दुई महिनामै पाएको अपार माया र सकारात्मक प्रतिक्रियाले होटल व्यवस्थापनलाई अत्यन्तै उत्साहित बनाएको छ। प्रकृति, आध्यात्मिक मार्ग र साहसिक अनुभवको अनुपम संगम रहेको यसको लोकेसनलाई पाहुनाहरूले विशेष रूपमा मन पराएका छन्।
पवित्र धार्मिक स्थलहरू, मनमोहक प्राकृतिक सौन्दर्य तथा नयाँ पर्यटकीय अनुभवहरूको केन्द्रविन्दुको रूपमा उदीयमान बुटवलले आधुनिक यात्रुहरूको चाहनालाई पूर्ण रूपमा समेट्न सफल भएको हायात प्लेस बुटवलको भनाइ छ। काठमाडौँबाट छोटो हवाई दुरीमा र पोखरा, चितवन तथा लुम्बिनी जस्ता प्रमुख सहरहरूबाट सहज यात्राको दूरीमा रहेकाले बुटवल यात्रुहरूका लागि गन्तव्य र यात्राबीचको संगम स्थल—‘द प्लेस इनबिट्विन’ बन्न सकेको होटलको विश्वास छ।
हायात प्लेस बुटवलले आराम, सहजता र अर्थपूर्ण अनुभवको खोजीमा रहनुभएका स्वदेशी तथा विदेशी यात्रुहरूका लागि आफूलाई सधैं पहिलो रोजाइको गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।

Online Arthik










