फोनपेले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन गरी सफलतापूर्वक सम्पन्न गरेको छ । ‘स्मार्ट मनी टक्स: बचत, सोच र सुरक्षित निर्णय’ भन्ने सन्देशसहित सञ्चालन गरिएको अभियानले युवापुस्तालाई जिम्मेवार वित्तीय व्यवहार र डिजिटल सुरक्षाबारे सचेत बनाएको जनाएको छ ।
अभियानअन्तर्गत ६ शहरका १२ कलेजमा १८ सत्रमार्फत १,०९० भन्दा बढी विद्यार्थी प्रत्यक्ष सहभागी भएका थिए भने ९ शहरका २८ विद्यालयमा कार्यक्रम सञ्चालन गरी ४,९६१ भन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् । कार्यक्रमहरूमा शैक्षिक तथा मनोरञ्जनात्मक गतिविधि, नाटक तथा अन्तरक्रियात्मक अभ्यास समावेश गरिएको थियो । यसैगरी ‘फाइनान्सियल लिटरेसी स्टुडेन्ट भिजिट’ कार्यक्रममार्फत ४० भन्दा बढी विद्यार्थीलाई कम्पनीको कार्यालयमा आमन्त्रण गरी डिजिटल भुक्तानी प्रणाली र वित्तीय सुरक्षाबारे व्यावहारिक जानकारी प्रदान गरिएको थियो । कम्पनीले डिजिटल प्लेटफर्ममार्फत पनि सचेतनामूलक सामग्री प्रसारण गर्दै अभियानलाई थप प्रभावकारी बनाएको जनाएको छ ।
फोनपेले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै सुरक्षित, समावेशी र जिम्मेवार डिजिटल अर्थतन्त्र निर्माणमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।

Online Arthik










