कृषि, वन तथा पर्यावरण मन्त्रालयले उखु उत्पादक किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान वितरण गर्ने भएको छ। अनुदान वितरणका लागि आवश्यक कार्यविधि स्वीकृत भइसकेको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जानकारी दिएकी छन्।
आर्थिक वर्ष २०८३/८४ मा निकासा भएको १ अर्ब ५० करोड ५० हजार रुपैयाँ बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरलगायत जिल्लाका उखु किसानलाई वितरण गरिनेछ।
सरकारले उखु खेतीलाई प्रोत्साहन गर्ने, कृषि उत्पादकत्व बढाउने र किसानलाई राहत पुर्याउने उद्देश्यले अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। हाल सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँका दरले प्रोत्साहन अनुदान उपलब्ध गराउँदै आएको छ।

Online Arthik










