सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई कुल १०.२५६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको २२औँ वार्षिक साधारणसभाले ४ प्रतिशत बोनस सेयर र ६.२५६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो।

बैंकका अनुसार १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ बराबरको बोनस सेयर र २४ करोड ३६ लाख ९७ हजार १०२ रुपैयाँ नगद लाभांश वितरण गरिनेछ। यसअनुसार बैंकले कुल ३९ करोड ३० लाख ५९ हजार ८४२ रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ। नगद लाभांशमा बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश छ।

सभाले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणका लागि सुजन काफ्ले एन्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने प्रस्तावसमेत पारित गरेको छ।

तपाईको प्रतिक्रिया