सिजी मोबाईल्स ले नेपालमा मोटोरोला ब्रान्डका दुई नयाँ स्मार्टफोन—मोटो जी०६ पावर र मोटो जी५७ पावर—बजारमा सार्वजनिक गरेको छ। चौधरी ग्रुप अन्तर्गत रहेको कम्पनीले उत्कृष्ट ब्याट्री, आधुनिक प्रविधि र प्रिमियम डिजाइनलाई प्राथमिकतामा राखेर यी फोनहरू ल्याइएको जनाएको छ।
मोटो जी०६ पावर विशेषगरी लामो ब्याट्री ब्याकअप चाहिने प्रयोगकर्तालाई लक्षित गरिएको छ। यसमा ७०००mAh ब्याट्री, मिडियाटेक जी८१ एक्स्ट्रिम प्रोसेसर, ४GB र्याम र १२GB सम्म र्याम बुस्ट सुविधा रहेको छ। साथै ६.८८ इन्च १२०Hz डिस्प्ले, ५०MP क्यामेरा, डल्बी एटमस स्पिकर, गोरिल्ला ग्लास ३ र आईपी६४ रेटिङसहितको डिजाइन समावेश छ। यसको मूल्य १८,९९९ रुपैयाँ तोकिएको छ।
त्यसैगरी मोटो जी५७ पावरलाई अझ उच्च–स्तरको प्रदर्शनसहितको फोनका रूपमा प्रस्तुत गरिएको छ। यसमा स्न्यापड्रागन ६एस जेन ४ प्रोसेसर, ८GB र्याम, १२८GB स्टोरेज र २४GB सम्म र्याम बुस्ट सुविधा रहेको छ। ७०००mAh ब्याट्रीले करिब ६० घण्टासम्म ब्याकअप दिने कम्पनीको दाबी छ। यसमा ५०MP सोनी क्यामेरा, ६.७२ इन्च FHD+ १२०Hz डिस्प्ले, मिलिटरी–ग्रेड सुरक्षा र एन्ड्रोइड १६ सहित एन्ड्रोइड १७ अपग्रेड सपोर्ट रहने बताइएको छ। यसको मूल्य ३७,४९९ रुपैयाँ निर्धारण गरिएको छ।
कम्पनीका अनुसार यी स्मार्टफोनहरू नेपालभरका आधिकारिक रिटेल आउटलेट तथा पार्टनर स्टोरमार्फत उपलब्ध हुनेछन् र नेपाली उपभोक्तालाई उत्कृष्ट ब्याट्री प्रदर्शन र प्रिमियम अनुभव दिने लक्ष्य राखिएको छ।

Online Arthik










