पृथ्वीचोक स्थित पोखरा बसपार्कअगाडि संस्थान क्षेत्रमा विभिन्न संघसंस्था तथा ट्रेड युनियनले बनाएका संरचना हटाउने काम सुरु गरिएको छ।

नेपाली कांग्रेसनेकपा एमाले निकट मजदुर संगठन तथा अन्य संस्थाले निर्माण गरेका संरचनामा डोजर चलाइएको हो। यसक्रममा सहारा क्लब, हिमाली सांस्कृतिक परिवार तथा सामुदायिक प्रहरी सेवा का संरचना हटाउन थालिएको छ।

ट्रेड युनियन र संस्थाहरूले पोखरा उपत्यका नगर विकास समिति मातहतको जग्गामा संरचना निर्माण गरी भाडासमेत उठाउँदै आएका थिए। नेकपानिकट मजदुर संगठनले भने यसअघि नै अस्थायी संरचना भत्काएर स्थायी संरचनाको चाबी हस्तान्तरण गरिसकेको जनाएको छ।

हङकङ बजार अगाडि रहेका संरचनामा आज डोजर चलाइएपछि त्यहाँका व्यवसायीले रातिसम्म सामान हटाएर स्थान खाली गरेका थिए। उक्त क्षेत्रमा सहारा क्लब ले सञ्चालन गरेको सार्वजनिक शौचालयसमेत रहेको छ।

संरचना हटाउन यसअघि अन्तिम पटक ३५ दिने सूचना जारी गरिएको थियो, जसको म्याद जेठ ९ गते सकिएको थियो। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य ले यहाँका संरचना हटाएर सडक चौडा गरिने बताएका छन्।

तपाईको प्रतिक्रिया