लगातार पाँच दिनदेखि घटिरहेको सुनको मूल्यमा शुक्रबार सुधार देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेर २ लाख ८७ हजार ४ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले घट्दै २ लाख ८४ हजार ७ सय रुपैयाँमा झरेको थियो। आज १० ग्राम सुनको मूल्य २ लाख ४६ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ।

यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १७० रुपैयाँले वृद्धि भई प्रतितोला ४ हजार ५१० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया