प्रभु क्यापिटल लिमिटेडले व्यवस्थापन गर्दै आएको प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालनमा रहेका दुई बन्दमुखी योजनाका इकाइधनीलाई आर्थिक वर्ष २०८२/८३ का लागि १२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको जानकारीअनुसार सञ्चालक समितिको भदौ ५ गते बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैठकले प्रभु सेलेक्ट फन्डप्रभु स्मार्ट फन्ड दुवैका इकाइधनीलाई समान १२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

प्रभु बैंक लिमिटेड प्रवर्द्धक रहेको प्रभु म्युचुअल फन्डअन्तर्गतका यी दुवै योजना प्रभु क्यापिटल लिमिटेडले व्यवस्थापन गर्दै आएको छ। लाभांश वितरणसम्बन्धी थप प्रक्रिया, बुक क्लोज मिति तथा भुक्तानीको समयतालिका सम्बन्धित नियामक निकायबाट स्वीकृति प्राप्त भएपछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया