रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको ३२औँ वार्षिक साधारण सभाले चुक्ता पुँजीको ३० प्रतिशतका दरले ५७ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बिहीबार सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणसमेत अनुमोदन गरेको हो।

सभाले आर्थिक वर्ष २०८२/८३ का लागि एपीएम एन्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्दै १० लाख रुपैयाँ पारिश्रमिक निर्धारण गरेको छ। त्यस्तै, वरिष्ठ अधिवक्ता हरिशचन्द्र सुवेदीलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय अनुमोदन गरेको छ।

संस्थापक सेयरधनी समूहबाट पवनकुमार गोल्यान, शशीकान्त अग्रवाल, अक्षय गोल्यान र किरणदेवी अग्रवाल सञ्चालकमा निर्वाचित भएका छन् भने साधारण सेयरधनी समूहबाट वसन्त नाहटा निर्विरोध निर्वाचित भएका छन्। सभाले सञ्चालक समितिको प्रत्येक बैठकमा उपस्थित भएबापत सञ्चालकलाई २० हजार रुपैयाँ बैठक भत्ता दिने निर्णयसमेत गरेको छ।

तपाईको प्रतिक्रिया