कालंगा हाइड्रो लिमिटेडको सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको १ लाख ७५ हजार कित्ता सेयरको लकइन अवधि आगामी मंसिर २६ गते समाप्त हुने भएको छ। कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्याएको कुल चुक्ता पुँजीको ५ प्रतिशत बराबरको १ करोड ७५ लाख रुपैयाँको सेयर ६ महिनाका लागि लकइनमा राखेको थियो। कम्पनीका अनुसार उक्त लकइन अवधि समाप्त भएपछि सम्बन्धित सेयर कारोबारका लागि योग्य हुनेछ। लकइन अवधि सकिएसँगै उक्त सेयर बजारमा कारोबारका लागि उपलब्ध हुन सक्नेछ।

तपाईको प्रतिक्रिया