रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म २२ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको २५ करोड ८५ लाख रुपैयाँको तुलनामा ११.३९ प्रतिशतले कम हो ।

कम्पनीको कुल बीमाशुल्क आर्जन २३.०६ प्रतिशतले बढेर १ अर्ब ८६ करोड २७ लाख रुपैयाँ पुगेको छ भने खुद बीमाशुल्क २३.८५ प्रतिशतले वृद्धि भई १ अर्ब ७७ करोड ४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कुल आम्दानी ३९.१५ प्रतिशतले बढेर २ अर्ब ३३ करोड ६५ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष ३५.६१ प्रतिशतले बढेर १९ अर्ब ४० करोड ९५ लाख रुपैयाँ पुगेको छ । कर्जा तथा लगानीबाट प्राप्त आम्दानी पनि १७.४३ प्रतिशतले बढेर ४० करोड ३४ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्तापुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १७.६३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५२.४५ रुपैयाँ रहेको छ । बीमाशुल्क र आम्दानी बढे पनि कम्पनीको खुद नाफा भने घटेको छ ।

तपाईको प्रतिक्रिया