नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ। शुक्रबार एकैदिन प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको सुनको मूल्य आइतबार थप १ हजार ५०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ रहेको थियो। त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १०० रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला ३ हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर ३ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यता, अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस ३ हजार ८७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया