नेपालको लागि हुण्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.ली. ले निकै प्रतिक्षारत हुण्डाईको “नयाँ क्रेटा दि अल्टिमेट एसयूभि” नेपाली बजारमा सार्वजनिक गरेको छ । हुण्डाईको विभिन्न आधिकारिक डिजीटल प्लेट्फोर्म फेसबुक, इन्स्टाग्राम ,यूट्यूब पेजबाट भर्चुअल वेभकास्ट गरी “क्रेटा९ दि अल्टिमेट एस।यू।भि” नेपालमा सार्वजनिक गरिएको हो । नयाँ क्रेटाको बारे बोल्दै लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा।लिका महा–प्रबन्धक रूपेश शर्मा भट्टले भने, “वर्षौ देखि हुण्डाई क्रेटाले नयाँ स्तर कायम गर्दै नेपालमा पाँच हजार भन्दा अधिक नेपाली प्रयोगकर्ताको माझमा विशेष पहिचान बनाउन सफल भएको छ । अब क्रेटाले फेरी नयाँ पहिचान कायम गर्ने अवसर आएको छ र नयाँ क्रेटा दि अल्टिमेट एसयूभिले ग्राहकबीच आकर्षण बढाउनुको साथै नयाँ युगका प्रयोगकर्ताहरुको परम आकांक्षा पूरा गर्ने विश्वास लिएका छौं ।”

सन् २०१५ मा सार्वजनिक गरिएको क्रेटाले एस।यू।भिलाई चिरपरिचित नाम बनाएको छ । यसको अलग पहिचान, आइकोनिक डिजाइन, उत्कृष्ट प्रदर्शनका साथै बेजोड सुरक्षाले यसलाई सबैको रोजाईको एस।यू।भि भइ “दि अल्टिमेट एस।यू।भि” बन्न सफल भएको छ । आफ्नो यस ट्रेण्डलाई निरन्त्तरता दिन र नयाँ स्तर कायम गर्न एस।यू।भि सेग्मेन्टमा नयाँ क्रेटा विकसित गरिएको हो । हुण्डाईको विश्वव्यापी डिजाइनको परिभाषा ुसेन्सर स्पोर्टनेसु सँगै, एस।यू।भिको अगाडीको भागमा तीन डिमेन्सनल क्यासकेडिङ ग्रीलमा ठाडो र तेर्सो आकार र स्कीड प्लेट्स लगाइएको छ ।

उत्कृष्ट डिजाइन गरिएको क्राफ्टेड क्रिज लाइन्स र बोन्नेट न्यु क्रेटाको नयाँ पहिचान बनेको छ । विशिष्ट रुपमा छुट्टिएको बूमर्याङ आकारको एलइडी डिआरएल सहितको एलईडी हेड ल्याम्प र स्मार्ट रुपमा जोडिएको फग ल्याम्पका साथै वेलकम फङसङसँगै अटो अनफोल्ड ओआरभीएमले एसयूभीलाई आकर्षक र फ्युचरिस्टिक लुक दिएको छ ।

नयाँ क्रेटामा अल(न्यू(टु टोन कालो र ग्रेज इन्टेरियर रहेको छ, जसमा २६।०३ से।मि को एचडी इन्फोटैन्टमेन्ट सिस्टम, लेडरले र्याप गरिएको स्तेरिङ्गको साथै माउन्टेड कन्ट्रोल दिइएको छ ।

नयाँ क्रेटा विभिन्न इन्जिन अप्सनहरुमा उपलब्ध रहेको छ जस्तै १।५ लिटर पेट्रोल र १।५ लिटर भि।जि।टी डिजेल इन्जिन । ट्रान्समिसनको अप्सनमा ६ स्पीड रहेको छ जुन सबै रेञ्जको गाडीहरुमा स्ट्यान्डर्ड रहनेछ, साथै अप्स्नल १।५ लिटर डिजेल इन्जिनका लागि टर्क कन्भर्टर र १।५ पेट्रोल मोटरको लागि आइभीटी अटोमेटिक रहेको छ ।

नयाँ जेनेरेशनको क्रेटा कुल ६ भेरियन्टहरुमा उपलब्ध छ । यी विभिन्न भेरियन्टहरूको ४८ लाख ९६ हजार रुपैयाँदेखि ५४ लाख ९६ हजार रुपैयाँसम्म रहेको छ ।

तपाईको प्रतिक्रिया