बेनेली मोटरसाइकलले टीएनटी १५०आई र टीएनटी१५ दुई मोडलमा दशैं, तिहार र छटको अवसरमा नयाँ अफर ल्याएको छ । ग्राहकले कम्पनीको दुई मोडल किन्दा वा एक्स्चेञ्ज गर्दा विभिन्न अफर पाउने भएका हुन् । उनीहरुले ८ हजारदेखि १५ हजारसम्मको नगद छुट पाउने छन् ।

बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो । यसले १९११ देखीनै मोटरसाइकल पारखी बिच एक बैग्लै पहिचान बनाएको छ । नेपालको लागी बेनेलीको अधिकारित बिक्रेता के टी एम इन्टरन्यासनल ट्रेडिंग प्रा लि हो र कम्पनीले ३एस ( सेल्स्, स्पेएर, सर्भिस) को सुबिधा नेपाल को बिभिन्न ठाउँमा सजिलै सँग उपलब्ध गराउँदै आइरहेको छ ।

तपाईको प्रतिक्रिया