सिद्धार्थ बैंक लिमिटेडले आफ्नो डिजिटल सेवालाई अझ सुदृढ र सहज बनाउने उद्देश्यसहित Fonepay Payment Service Limited सँगको साझेदारीमा पूर्ण डिजिटल क्रेडिट कार्ड ‘सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ। यो अत्याधुनिक डिजिटल कार्डको सार्वजनिक घोषणा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (NPL) को दोस्रो संस्करणको अवसरमा आयोजित विशेष अन–ग्राउन्ड कार्यक्रममा गरिएको हो।
नयाँ भर्चुअल क्रेडिट कार्डमार्फत ग्राहकहरूले भौतिक कार्डको आवश्यकता बिना नै १८ लाखभन्दा बढी Fonepay QR व्यापारीहरूमा छिटो, सुरक्षित र सम्पर्करहित डिजिटल भुक्तानी गर्न सक्नेछन्। डिजिटल–सचेत ग्राहकहरूको सहजता र सुरक्षा सुनिश्चित गर्न विशेष रूपमा तयार गरिएको यस कार्डले तुरुन्त सक्रियता, तत्काल नियन्त्रण तथा उच्च सुरक्षा सुविधा प्रदान गर्दछ।
ग्राहकहरूले BankSmartXP मोबाइल बैंकिङ एप प्रयोग गरी तुरुन्तै आवेदन, कार्ड जारी, सक्रियता तथा सीमा व्यवस्थापन, कार्ड लक/अनलक, स्टेटमेन्ट हेर्ने, भुक्तानी लगायतका सबै सेवाहरू सुगमता पूर्वक उपयोग गर्न सक्नेछन्।
विशेष लन्च अफरअन्तर्गत, सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्डमार्फत गरिने प्रत्येक कारोबारमा ग्राहकहरूले ५०% क्यासब्याक प्राप्त गर्न सक्नेछन्। यसअन्तर्गत कूल क्यासब्याक रु. ७५० सम्म हुनेछ, जसले कार्डको सदस्यता शुल्कलाई पूर्ण रूपमा समायोजन गर्नेछ।
यो आकर्षक अफर ७ डिसेम्बर २०२५ देखि ७ जनवरी २०२६ सम्म सीमित अवधिका लागि मात्र मान्य हुनेछ। यस अवसरले ग्राहकहरूलाई सहज, सुरक्षित र स्मार्ट डिजिटल भुक्तानी अनुभवका साथै आर्थिक रूपमा लाभदायी फाइदा प्राप्त गर्ने उत्कृष्ट मौका प्रदान गर्दछ।

Online Arthik









