स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) र सिटी टेक ग्रुप प्रालिबीच डिजिटल भुक्तानी प्रणालीलाई सुदृढ बनाउने उद्देश्यसहित रणनीतिक साझेदारी सम्झौता सम्पन्न भएको छ। सम्झौतापछि सिटी टेकको ‘फिनपोस’ उपकरणमार्फत एससीटीको प्लेटफर्म प्रयोग गरी भुक्तानी स्वीकार गर्न सकिनेछ।

यस प्रणालीमार्फत भिसा, युनियनपे, नेपालपे लगायत विभिन्न कार्ड स्किम तथा स्मार्ट QR मार्फत डाइनामिक QR भुक्तानीलाई समेत समर्थन गरिनेछ। एससीटी र सिटी टेकबीचको सहकार्यले बैंक, वित्तीय संस्था तथा व्यापारीहरूका लागि आधुनिक, सहज र विस्तारयोग्य POS समाधान उपलब्ध गराउने लक्ष्य राखिएको छ।पिओएस अधिग्रहण (एक्वायरिङ) व्यवसाय गर्न चाहने बैंक तथा भुक्तानी सेवा प्रदायकहरूका लागि यो सेवा लाभदायक हुने बताइएको छ। छुट्टाछुट्टै कार्ड स्किम सदस्यता लिनुपर्ने, प्रविधिमा ठूलो लगानी गर्नुपर्ने तथा सुरक्षा प्रमाणीकरणको आवश्यकता कम हुने भएकाले यो सेवा आर्थिक रूपमा प्रभावकारी रहने कम्पनीले जनाएको छ।हाल एससीटीले २४ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारीमार्फत कार्ड सेवा प्रदान गर्दै आएको छ। कम्पनीले ‘स्मार्ट स्विच’मार्फत भिसा, मास्टरकार्ड, रुपे र डिस्कभर कार्ड स्वीकार सेवा प्रदान गर्दै आएको छ।

नेपालकै पहिलो स्वदेशी कार्ड स्किमको रूपमा एससीटीले विगत दुई दशकदेखि सुरक्षित, सरल र भरपर्दो भुक्तानी सेवा प्रदान गर्दै आएको छ। साथै, कम्पनीले स्मार्ट QR, अन्तरबैंक भुक्तानी सेवा (IBFT) र मोबाइल बैंकिङ सेवा समेत उपलब्ध गराउँदै आएको छ।

तपाईको प्रतिक्रिया