सार्वजनिक ऋण व्यवस्थापन कार्यालय ले ट्रेजरी बिलमार्फत १७ अर्ब ४८ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । कार्यालयले सोमबार उक्त रकम बराबरको ट्रेजरी बिल जारी गर्न लागेको जनाएको हो ।

कार्यालयका अनुसार ५ अर्ब रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल जारी गरिनेछ । त्यस्तै ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको १८२ दिने तथा ७ अर्ब ५० करोड रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नविकरण गरिनेछ । जारी गरिएका ट्रेजरी बिलमध्ये ९१ दिने ट्रेजरी बिल भदौ २ गते, १८२ दिने ट्रेजरी बिल मंसिर ८ गते तथा ३६४ दिने ट्रेजरी बिल २०८४ जेठ ४ गते परिपक्व हुने कार्यालयले जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले जेठ ४ गते दिउँसो ३ बजेसम्म ट्रेजरी बिल खरिदका लागि आवेदन दिन सक्नेछन् भने यसको बाँडफाँट मंगलबार गरिनेछ । कार्यालयले यसअघि वैशाख २८ गते २४ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।

तपाईको प्रतिक्रिया