सिद्धार्थ बैंक लिमिटेडले काठमाडौं, ललितपुर र पोखरास्थित सात वटा शाखा कार्यालय समायोजन गर्ने भएको छ । बैंकका अनुसार काठमाडौंको कालोपुल शाखा चाबहिलमा, कुलेश्वर शाखा कालिमाटीमा र नरदेवी शाखा पुतलीसडकमा गाभिनेछन् । त्यसैगरी ललितपुरको जावलाखेल शाखा बी एण्ड बी शाखामा तथा पोखराको चिप्लेढुंगा र बुद्धचोक शाखा पोखरा सभागृह शाखामा र बगर शाखा पस्र्याङ शाखामा समायोजन गरिनेछ । समायोजनपछि साउन १ गतेदेखि सम्बन्धित शाखाबाट एकीकृत कारोबार सञ्चालन हुनेछ । साथै, लकर सेवा पनि स्थानान्तरण हुने भएकाले टुटफुट हुने सामग्री भए असार २६ गतेभित्र लकरबाट निकाल्न बैंकले ग्राहकलाई आग्रह गरेको छ।

Online Arthik










