अमेरिका र क्यानडाका विभिन्न क्षेत्रमा फैलिएको शक्तिशाली ‘हीट डोम’ का कारण सन् २०२६ को फिफा विश्वकपको नकआउट चरण अत्यधिक गर्मीको चपेटामा परेको छ । केही आयोजक सहरमा तापक्रम ४३ डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान गरिएकाले खेलाडी, समर्थक र आयोजकका लागि स्वास्थ्य सुरक्षा प्रमुख चुनौती बनेको छ । अत्यधिक गर्मीको जोखिमलाई ध्यानमा राख्दै फिफाले प्रत्येक खेलमा दुई पटक तीन मिनेटको अनिवार्य ‘हाइड्रेसन ब्रेक’, पाँच खेलाडी परिवर्तनको व्यवस्था तथा खेलाडी र प्राविधिक टोलीका लागि शीतल सुविधा उपलब्ध गराएको जनाएको छ । स्वास्थ्य विज्ञहरूले समर्थकलाई प्रशस्त पानी पिउन, लामो समय घाममा नबस्न र अस्वस्थ महसुस भए तत्काल चिकित्सकीय सहायता लिन आग्रह गरेका छन्।

Online Arthik










