सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म १३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६१ प्रतिशतले कम हो। अघिल्लो आवमा कम्पनीले ३३ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

२ अर्ब २५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको विशेष जगेडा ८१ करोड ४५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, महाविपत्ति कोषमा ५ करोड २४ लाख, रिटेन्ड अर्निङमा ९ करोड ८७ लाख र अन्य इक्विटीमा १० करोड २७ लाख रुपैयाँ रहेको छ। कम्पनीको कुल बीमाशुल्क आर्जन भने बढेको छ। समीक्षा अवधिमा कम्पनीले २ अर्ब ७२ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो आवको २ अर्ब ५३ करोड १५ लाख रुपैयाँको तुलनामा ७.८२ प्रतिशतले बढी हो। खुद बीमाशुल्क आर्जन पनि ९ प्रतिशतले बढेर ८३ करोड ३० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यस्तो रकम ७६ करोड ४२ लाख रुपैयाँ थियो।यस अवधिमा कम्पनीले पुनर्बीमाका लागि १ अर्ब ८९ करोड ६५ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो आवमा पुनर्बीमातर्फ १ अर्ब ७६ करोड ७२ लाख रुपैयाँ खर्च भएको थियो।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) ५ रुपैयाँ ७६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ३३ पैसा कायम भएको छ।

तपाईको प्रतिक्रिया