हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका संस्थापक तथा कर्मचारीहरूको नाममा रहेको २ करोड ५ लाख कित्ताभन्दा बढी सेयरको लक इन अवधि आगामी असोज २ गतेपछि समाप्त हुने भएको छ।

सर्वसाधारणलाई २०८० असोज २ गते सेयर बाँडफाँड गरिएको मितिले तीन वर्ष पूरा हुने भएकाले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार कम्पनीको उक्त सेयरको लक इन अवधि समाप्त हुन लागेको हो। कम्पनीका अनुसार संस्थापक समूहको २ करोड ४ लाख ७५ हजार कित्ता र कर्मचारीका लागि सुरक्षित गरिएको ५८ हजार ५०० कित्ता गरी कुल २ करोड ५ लाख ३३ हजार ५०० कित्ता सेयरको लक इन अवधि समाप्त हुनेछ।

लक इन अवधि समाप्त भएपछि उक्त सेयर कारोबारका लागि योग्य हुनेछन्। तर, कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने प्रचलित नियमअनुसार सेयर रोक्का नै रहने कम्पनीले स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया