क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफा ८९.७५ प्रतिशतले घटेको छ। कम्पनीले समीक्षा अवधिमा २५ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यता, कम्पनीको खुद बीमाशुल्क आर्जन भने बढेको छ। समीक्षा अवधिमा कम्पनीले ४३ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो आवको ३३ करोड ९२ लाख रुपैयाँको तुलनामा २७.९३ प्रतिशतले बढी हो। कम्पनीले समीक्षा अवधिमा ४६ करोड ७५ लाख रुपैयाँ कुल आम्दानी गरेको छ। अघिल्लो आवमा ३८ करोड ८७ लाख रुपैयाँ रहेको कुल खर्च बढेर ४९ करोड ८० लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको दाबी भुक्तानी २४ करोड २१ लाख रुपैयाँबाट बढेर २८ करोड ९५ लाख रुपैयाँ पुगेको छ।कम्पनीको महाविपत्ति कोषमा १० लाख ४१ हजार रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ २ करोड ७१ लाख रुपैयाँले ऋणात्मक रहेको छ। समीक्षा अवधिसम्म कम्पनीले ६ लाख ४८ हजार २१५ वटा बीमा पोलिसी जारी गरेको जनाएको छ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ०.३४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०५.०९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३४८७.२५ गुणा कायम भएको छ।

तपाईको प्रतिक्रिया