नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ हजार ८०० रुपैयाँ पुगेको छ। आइतबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ६० रुपैयाँले बढेर ४ हजार ७७० रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया