मंगलबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ५०० रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै छापावाल सुन प्रतितोला ३ लाख २२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार भने यसको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ६५ रुपैयाँले घटेको छ। महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९६५ रुपैयाँ कायम भएको थियो।

तपाईको प्रतिक्रिया