नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी सेवा विस्तारका लागि सेवा प्रदायकलाई आवश्यक वातावरण बनाउन ८०० मेगाहर्ज ब्यान्ड उपलब्ध गराउने प्रक्रिया अघि बढाएको जनाएको छ।
प्राधिकरणका उपनिर्देशक प्रदीप पौड्यालका अनुसार आगामी चरणमा २६०० र ३५०० मेगाहर्ज लगायत थप फ्रिक्वेन्सी उपलब्ध गराउने तयारी छ। सेवा प्रदायकहरूले फाइभजीमा लगानीको प्रतिफल र व्यावसायिक सम्भावनाबारे प्रश्न उठाइरहेकाले सरकारले आवश्यक सहजीकरणका विकल्पमा पनि छलफल गर्न सक्ने उनले बताए।
उनका अनुसार प्राधिकरणको भूमिका फ्रिक्वेन्सी उपलब्ध गराउने, उपकरण आयातमा सहजता ल्याउने तथा आवश्यक परे सरकारलाई नीतिगत सहजीकरणका लागि सिफारिस गर्ने हो। डिजिटल नेपाल फ्रेमवर्कमा प्राथमिकतामा राखिएको फाइभजी विस्तारलाई अघि बढाउन प्राधिकरणले तत्काल ८०० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय गरेको उनले जानकारी दिए।

Online Arthik










