नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि बुधबारकै मूल्यअनुसार प्रतितोला ४ हजार ४२५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ। बुधबार पनि सुन प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँ र चाँदी ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।

Online Arthik










