चालु आर्थिक वर्षको भदौ मसान्तसम्म बजारमा चलनचल्तीमा रहेको नगद ७ खर्ब ९४ अर्ब २२ लाख रुपैयाँमा झरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तको तुलनामा चलनचल्तीको नगद ७ अर्ब ६२ करोड ४४ लाख रुपैयाँले घटेको हो।

यस अवधिमा सरकारी खाताको निक्षेप भने उल्लेख्य बढेर ३ खर्ब १ अर्ब २० करोड ५४ लाख रुपैयाँ पुगेको छ। असार मसान्तमा यस्तो निक्षेप १ खर्ब ८६ अर्ब ८५ लाख रुपैयाँ रहेकामा भदौसम्म ६१.९३ प्रतिशतले वृद्धि भएको हो। त्यस्तै, बैंक तथा वित्तीय संस्थामा रहेको सरकारी मौज्दात ८७ अर्ब ७० करोड रुपैयाँले बढेर १३ खर्ब ६५ अर्ब १० करोड रुपैयाँ पुगेको छ। राष्ट्र बैंकको रिजर्भ पनि बढेर ११ खर्ब १० अर्ब २० करोड ९६ लाख रुपैयाँ पुगेको छ।

भदौ मसान्तसम्म राष्ट्र बैंकको कुल दायित्व ४० खर्ब ४४ अर्ब ७ करोड ९९ लाख रुपैयाँ पुगेको छ। विदेशी मुद्रामा रहेको दायित्व ५२ अर्ब ३४ करोड ४ लाख रुपैयाँ तथा स्थानीय मुद्रामा रहेको दायित्व २८ खर्ब ७६ अर्ब ५२ करोड ९८ लाख रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया