ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। असोज १४ गते काठमाडौंमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
कम्पनीका अनुसार १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गरिनेछ। सभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन तथा वार्षिक प्रतिवेदनसमेत पारित गरेको छ।
ग्लोबल आइएमई बैंकको सहायक कम्पनी रहेको ग्लोबल आइएमई क्यापिटलले आफूलाई नेपालको पहिलो मर्चेन्ट बैंकिङ कम्पनीका रूपमा प्रस्तुत गरेको छ। सञ्चालक समितिका अध्यक्ष दीपचन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न सभामा उनले आर्थिक गतिविधि सुस्त रहे पनि कम्पनीले सेयरधनीलाई प्रतिफल दिन सफल भएको बताए।

Online Arthik










